कृषि सामग्री कम्पनी लिमिटेड

नेपाल एउटा कृषि प्रधान देश हो । आय आर्जन र रोजगारीको लागि कृषि एकदमै महत्वपूर्ण क्षेत्र हो र राष्ट्रिय कुल ग्रास्थ उत्पादनको करिब 27% यस क्षेत्रबाटै उठ्ने गरेको छ । कूल जनसंख्याको करिब 65% जनसंख्याको जीवनयापन कृषि तथा यससँग सम्बन्धित क्रियाकलापबाटै हुने गरेको छ । उच्च गुणस्तरको एवं उन्नत कृषि सामग्रीहरु (मल, वीउ, कृषि रसायन र उपकरण) को आयात र सर्वसुलभ मूल्यमा देशभरी विक्री वितरणको लागि सार्वजनिक क्षेत्रको संस्थाको रुपमा वि.सं. २०२२ मा कृषि सामग्री संस्थानको स्थापना भएको थियो । शुरुमा कृषि सप्लाई संस्थानको रुपमा परिचित यस संस्थालाई पछि खाद्य व्यवस्था समितिमा गाभेर कृषि खरिद विक्री संस्थानको नाम दिइयो । दुई वर्षसम्म यो संस्थाले कृषि सामग्री र खाद्यान्न दुवै वस्तुको कारोबार गर्‍यो । पछि वि.सं. २०३१ मा सरकारले यस संस्थालाई विभाजन गरेर कृषि सामग्रीहरुको व्यवस्थापन गर्न कृषि सामग्री संस्थान र खाद्यान्नको कारोवार गर्न नेपाल खाद्य संस्थान गरी दुई वटा वेग्ला वेग्लै संस्थान खडा गरिए । वि.सं. २०५९।१।२५ मा सरकारले कृषि सामग्री संस्थानलाई कम्पनी ऐन वि.सं. २०५३ अन्तर्गत सरकारको पूर्ण स्वामित्व रहने गरी कृषि सामग्री कम्पनी र राष्ट्रिय वीउ विजन कम्पनीमा रुपान्तरण गर्यो । कृषि सामग्री कम्पनीलाई रासायनिक मल खरिद गरी राष्ट्रभर विक्री वितरण गर्ने जिम्मा दिइयो । नेपालमा रासायनिक मलको आफ्नै उत्पादन नभएकोले कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट प्राप्त अनुदान बजेटका आधारमा अन्तर्राष्ट्रिय बजारबाट रासायनिक मल खरिद गरी विक्री वितरण गरिरहेको छ । नेपाल सरकारको मिति 2075/05/31 को निर्णय बमोजिम राष्ट्रिय बीउ बीजन कम्पनी लिमिटेडलाई यस कम्पनीमा मर्ज गरी बीउ बीजनको कारोबार समेत गर्ने गरेको छ । ...[Read More]

 
 

Site Visit:

Site Updated On : 2024-03-18

Social Media: Facebook

Copyright ©, 2024 Krishi Samgri Company Ltd.   All Right Reserved.