मिति 2081/07/30 गते प्रकाशित विज्ञापन अनुसार आ.प्र.,खुला तथा समावेशी तर्फको लिखित परीक्षा कार्यक्रम प्रकाशन गरिएको सूचना !     रासायनिक मल सम्बन्धमा कृषक वर्गहरुमा अनुरोध !    

  
बिष्णु प्रसाद पोखरेल
प्रबन्ध संचालक
 

कृषि सामग्री कम्पनी लिमिटेड

नेपाल एउटा कृषि प्रधान देश हो । आय आर्जन र रोजगारीको लागि कृषि एकदमै महत्वपूर्ण क्षेत्र हो र राष्ट्रिय कुल ग्रास्थ उत्पादनको करिब 27% यस क्षेत्रबाटै उठ्ने गरेको छ । कूल जनसंख्याको करिब 65% जनसंख्याको जीवनयापन कृषि तथा यससँग सम्बन्धित क्रियाकलापबाटै हुने गरेको छ । उच्च गुणस्तरको एवं उन्नत कृषि सामग्रीहरु (मल, वीउ, कृषि रसायन र उपकरण) को आयात र सर्वसुलभ मूल्यमा देशभरी विक्री वितरणको लागि सार्वजनिक क्षेत्रको संस्थाको रुपमा वि.सं. २०२२ मा कृषि सामग्री संस्थानको स्थापना भएको थियो । शुरुमा कृषि सप्लाई संस्थानको रुपमा परिचित यस संस्थालाई पछि खाद्य व्यवस्था समितिमा गाभेर कृषि खरिद विक्री संस्थानको नाम दिइयो । दुई वर्षसम्म यो संस्थाले कृषि सामग्री र खाद्यान्न दुवै वस्तुको कारोबार गर्‍यो । पछि वि.सं. २०३१ मा सरकारले यस संस्थालाई विभाजन गरेर कृषि सामग्रीहरुको व्यवस्थापन गर्न कृषि सामग्री संस्थान र खाद्यान्नको कारोवार गर्न नेपाल खाद्य संस्थान गरी दुई वटा वेग्ला वेग्लै संस्थान खडा गरिए । वि.सं. २०५९।१।२५ मा सरकारले कृषि सामग्री संस्थानलाई कम्पनी ऐन वि.सं. २०५३ अन्तर्गत सरकारको पूर्ण स्वामित्व रहने गरी कृषि सामग्री कम्पनी र राष्ट्रिय वीउ विजन कम्पनीमा रुपान्तरण गर्यो । कृषि सामग्री कम्पनीलाई रासायनिक मल खरिद गरी राष्ट्रभर विक्री वितरण गर्ने जिम्मा दिइयो । नेपालमा रासायनिक मलको आफ्नै उत्पादन नभएकोले कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट प्राप्त अनुदान बजेटका आधारमा अन्तर्राष्ट्रिय बजारबाट रासायनिक मल खरिद गरी विक्री वितरण गरिरहेको छ। नेपाल सकार संघिय मन्त्रिपरिषद्को मिति 2075/05/31 को निर्णय बमोजिम मिति 2076/04/16 गते देखी राष्ट्रिय बीउ बीजन कम्पनी लिमिटेडलाई कृषि सामग्री कम्पनीमा मर्ज गरी बीउ बीजनको कारोबार समेत गर्ने गरेको छ। ...[Read More]

 
 

Site Visit:

Site Updated On : 2024-12-26

Social Media: Facebook

Copyright ©, 2024 Krishi Samgri Company Ltd.   All Right Reserved.