अन्य गतिविधिहरु:
संस्थालाई दिगो राख्न तथा बहुउद्देश्यहरु पूर्ति गर्न कम्पनीले निम्न गतिविधिहरु समेत गर्ने गरेको छ :-
  • कम्पनीले आफ्नो व्यापार विविधिकरण गरी अत्यावश्यक वस्तुको अटुटरुपमा देशभर आपूर्ति गर्ने योजना वनाएको छ ।
  • नेपालमा रासायनिक मलको उत्पादन नभएको हुंदा आयातद्वारा मलको माग पूरा गरिने र यसका लागि अनुदान नीति अन्तर्गत नेपाल सरकारले मुलुकभर मलको निर्वाधरुपमा आपूर्तिका लागि कम्पनीलाई जिम्मेवार वनाएको छ । तसर्थ रासायनिक मलको खरिद तथा विक्री वितरणमा उच्च प्राथमिकता दिइएको छ ।
  • आ.व.०७२।७३ देखि कृषि चून को खरिद तथा बिक्रि वितरण हुँदै आएको छ ।
  • देशको महत्वपूर्ण व्यापारीक स्थानहरुमा कम्पनीका जग्गा तथा भौतिक संरचनाहरु रहेका छन् । तसर्थ कम्पनीको हाल प्रयोगमा नरहेका भौतिक संरचनाहरु आवश्यकता अनुसार भाडामा दिई वा विक्री गरी आयआर्जन गर्न तथा अन्य कार्यक्रम संचालन गर्ने दीर्घकालिन नीति अपनाइएको छ ।
  • माटोको गुणस्तर कायम राख्न आ.व. 077/78 देखि केही सुक्ष्म तत्वहरुको विक्री वितरण र बाली उत्पादन लागत घटाउन केही कृषि औजार उपकरणहरुको कारोबार गर्ने योजना रहेको छ ।
  • आ.व 076/77 देखि राष्ट्रिय वीउ वीजन कम्पनी पुन: यस कम्पनीमा गाभिएको हुँदा बीउ वीजन कम्पनीले गर्दै आएको निम्न कार्यहरु यस कम्पनीले गर्दै आएको छ।
    -धान, गहुँ, मकै, मुसुरो तथा तोरीको बिजबृद्धी कार्यक्रम गर्न सरकारी निकाय तथा विभिन्न निकायबाट बीउहरु संकलन गर्ने ।
    -कार्ययोजना बमोजिम संकलन गरिएका बीउहरु विक्री वितरण गर्ने ।
 
 

Site Visit:

Site Updated On : 2024-03-18

Social Media: Facebook

Copyright ©, 2024 Krishi Samgri Company Ltd.   All Right Reserved.